काठमाडौं–नेपाल एयरलाइन्सको जहाजमार्फत् आज अस्ट्रेलियाली नागरिकको उद्दार गरिने भएको छ। झन्डै २ सय ५० भन्दा बढी अस्ट्रेलियाली नागरिक बोकेको जहाज आज ब्रिसबन जाँदैछ । विमानले साँझ ५ बजेतिर नेपालबाट उडान भर्नेछ। भन्डै १० घन्डाको उडान हुने हुँँदा जहाजले मलेसियामा केही समय अवतरण गरेर इन्धन भर्नेछ ।
यसअघि अमेरिकाले पनि आफ्ना मुलुकका ३ सय २ नागरिकको उद्दार गरेको थियो। आफ्ना नागरिक लैजान अमेरिकी दूतावासले कतार एयरवेजको जहाज चार्टर गरेको थियो। यस्तै, युरोपियन देशमा ९ सय ९ नागरिकको पनि कतार एयरवेजले नै उद्दार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।