काठमाडौं- कोरोना संक्रमणबाट इटालीमा ज्यान गुमाउनेको संख्या १२ हजार ४ सय २८ पुगेको छ।
ज्यान गुमाउने तथ्यांकमा इटाली सबैभन्दा उच्च स्थानमा छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित बुधबार बिहानसम्मको तथ्यांक अनुसार,इटालीपछि स्पेन उच्च स्थानमा छ। त्यहाँ ८ हजार ४ सय ६४ जनाले ज्यान गुमाइसकेका छन्।
त्यस्तै, फ्रान्समा ३ हजार ५ सय २३ जनाले ज्यान गुमाइसकेका छन्।
अमेरिकामा १ लाख ८८ हजारलाई कोरोना संक्रमण
अमेरिकामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ लाख ८८ हजार १ सय ७२ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित बुधबार बिहानसम्मको तथ्यांक अनुसार, कोरोना संक्रमण पुष्टि हुने देशको सूचीमा अमेरिकामा सबैभन्दा माथि छ।
अमेरिकापछि सूचीमा इटाली अगाडि छ। त्यहाँ १ लाख ५ हजार ७ सय ९२ लाई संक्रमण पुष्टि भएको छ। त्यस्तै, स्पेनमा ९५ हजार ९ सय २३ लाई संक्रमण पुष्टि भएको छ।
सूचीमा चीन चौथो नम्बरमा छ। कोरोना संक्रमणको उद्गम स्थल चीनमा ८२ हजार २ सय ७९ लाई संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ हजार नाघ्यो
विश्वभर कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित बुधबार बिहानसम्मको तथ्यांक अनुसार, ८ लाख ५७ हजार ४ सय ८७ जनालाई कोरोना संक्रमण भइसकेको छ।
त्यस्तै, १ लाख ७८ हजार ३४ जना उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।