काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जोगिन १ मिटरको मात्रै दुरी कायम गर्दा हुने सुझाव गतल भएको एक अध्ययनले देखाएको छ।अमेरिकन मेडिकल एसोसियनका जर्नलमा हालै प्रकाशित एक शोधलाई उद्धृत गर्दै न्युयोर्क पोस्टले उल्लेख गरेअनुसार कोरोना भाइरस २६ फिटसम्म यात्रा गर्न र हावामा ४ घण्टासम्म जीवित रहन सक्छ।
विश्व स्वाथ्य संगठन (डब्ल्यूएचओ)ले ‘सामाजिक दुरी कायम’ गर्न आग्रह गर्दै कोरोना भाइरसबाट जोगिन खोकी र हाच्छ्युँ गरिरहेका व्यक्तिबाट आफ्नो दुरी १ मिटर (३ फिट) कायम राख्न सुझाव दिएको थियो।
म्यासेच्युट्स इन्स्टिच्युट अफ टेक्नोलजी (एमआइटी)का एसोसियट प्रोफेसर लिडिया बुरुवाले एक वर्षसम्म खोकी र हाच्छ्युँका आयामबारे अध्ययन गरेपछि यस्तो निष्कर्ष निकालेकी हुन्।
कोरोना संक्रमण सर्न नदिन एकअर्काबीचको दुरी १ मिटर राख्न डब्लुएचओले हालै जारी गरेको निर्देशिका सन् १९३० को देशकको पुरानो मोडलमा आधारित रहेको उनले आफ्नो अध्यमा उल्लेख गरेकी छिन्।
रोग बोकेका कुनै पनि आकारका थोपा २३ देखि २७ फिटसम्म यात्रा गर्न सक्ने उनको दाबी छ। उनले भनेजस्तै भए विश्वभर ममामारीको रूप लिइरहेको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोक्न कठिन हुने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।