काठमाडौं- गण्डकी प्रदेश सरकारले मजदुरहरूलाई जिन्सी राहत उपलब्ध गराउने निर्णय गरेको छ।
मंगलबार बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवधिमा ज्याला मजदूरी गरी जीवन बिताउने मजदुरहरूलाई स्थानीय तहमार्फत जिन्सी राहत दिनेगरी पोखरा महानगरपालिकालाई १ करोड र अन्य २६ नगरपालिकालाई १०/१० लाख रकम उपलब्ध गराउने निर्णय गरेको हो।
यसैगरी ५८ वटा गाउँपालिकालाई ५/५ लाखको दरले जम्मा ६ करोड ५० लाख विनियोजन गर्ने निर्णय भएको छ। मजदुरहरूको पहिचान भने स्थानीय तहले नै गर्नुपर्ने र जिन्सी राहत वितरण गर्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने निर्णयमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।