काठमाडौं- कोरोना भाइरस (कोभिड–१९)ले विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेका बेला अमेरिकामा रहेका नेपालीप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले चसो राखेकी छन्।
अमेरिकास्थित नेपाली दूतावासका अनुसार राष्ट्रपति भण्डारीले राजदूत अर्जुनकुमार कार्कीलाई टेलिफोन गरेर नेपालीको अवस्थाप्रति चिन्ता र चासो व्यक्त गरेकी हुन्।
दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपतिले नेपालीहरुका बारेमा जानारी लिँदै सबैलाई सचेत रहन आग्रह गरेकी थिइन्।
पछिल्लो समय अमेरिका कोरोना भाइरस संक्रमणको केन्द्रबिन्दू बनेको छ। पछिल्लो विवरणअनुसार अमेरिकामा १ लाख ६५ हजार ४ सय ८२ जनालाई कोरोना संक्रमण भएको छ भने ३ हजार १ सय ८६ जनाको मृत्यु भइसकेको छ।
दूतावासले नेपालीहरुको सुरक्षाका बारेमा गैरआवासीय नेपाली संघ(एनआरएनए) लागयत अमेरिकाका ५० राज्यमा रहेका करिब १ सय २६ प्रतिनिधिसँग गत मार्च २६ मा भिडियो कन्फ्रेन्समार्फत छलफल भएको बताएको छ।
भिसा सकिएका र कोरोना संक्रमित रहेका नेपालीलाई सहज उपचार पहुच दिन दूतावासले मौखिक र नोटमार्फत अमेरिकी सरकारलाई औपचारिक रुपमा अनुरोध गरिसकिएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।