काठमाडौं- गत माघ २० गतेदेखि खाली रहेको कृषि तथा पशुपंछी विकास मन्त्रालयको सचिवको जिम्मेवारी राजेन्द्रप्रसाद भारीले सम्हालेका छन्।
गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले भारीलाई सहसचिवबाट सचिव पदमा बढुवा गरेसँगै २ महिनादेखि खाली मन्त्रालयको सचिवको जिम्मेवारी पनि दिएको हो। उनले मंगलबारबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।
भारी यसअघि कर्णाली प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालिरहेका थिए। उनी प्राविधिक सेवातर्फका हुन्।यसअघिका सचिप डा युवकध्वज जिसीले आफ्नो उमेरहद र सेवाअवधि सकिन बाँकी छँदै राजीनामा गरेपछि उक्त पद खाली थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।