काठमाडौं- सरकारले सुनको पैठारीको सीमा प्रति दिन १० किलोमा झारेको छ। यसअघि दैनिक २० किलोसम्म सुन ल्याउन पाउने व्यवस्था रहेकोमा सरकारले त्यसलाई घटाइदिएको हो।
यसैगरी ५० हजार अमेरिकी डलरभन्दा माथिका सवारी साधन आयातमा रोक लगाइएको छ। यस्तै सरकारले मरिच, केराउलगायतका वस्तुको आयातमा पनि अल्पकालीन रोक लगाइएको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।