• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना प्रभावपछि राष्ट्र बैंकको राहत प्याकेज : चैतको ब्याज अब असारमा तिरे हुने

64x64
नेपाल लाइभ आइतबार, चैत १६, २०७६  २०:२६
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९)को महामारीले बैंकिङ क्षेत्रमा पुगेको असर न्यूनीकरण गर्ने नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले चैत महिनाको ब्याज असारमा तिर्दा कुनै हर्जाना नलाग्ने व्यवस्था गरेको छ। 

विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ को महामारीको कारण उत्पन्न असहज परिस्थितिबाट मुलुकको पर्यटन, उद्योग, व्यापार, व्यवसाय तथा वित्तीय क्षेत्र समेत प्रभावित हुने देखिएको भन्दै यस्तो व्यवस्था गरिएको हो। 

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले कायम गर्नु पर्ने अनिवार्य नगद मौज्दात कुल निक्षेप दायित्वको ३ (तीन) प्रतिशत कायम गरे पुग्ने व्यवस्थासमेत राष्ट्र बैंकले गरिदिएको छ। प्रचलित ऐनमा भएको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरूलाई उपलब्ध गराइने कर्जाको ब्याजदर (बैंकदर) ५ प्रतिशत छ।

त्यस्तै ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधा दर ५ प्रतिशत, नीतिगत दरको रूपमा रिपो दरलाई ३.५ प्रतिशत र तल्लो सीमाको निक्षेप संकलन दरलाई २ प्रतिशत कायम गरिएको छ।

बैंकले स्थापना गरेको पुनर्कर्जा कोषको सीमा ६० अर्ब रुपैयाँ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। २०७६ चैत्र महिनामा असुल गर्नु पर्ने मासिक त्रैमासिक किस्ताहरुको केडिट कार्ड समेत गरी भुक्तानी २०७७ असार मसान्त सम्ममा हुने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ।

सो किस्ताको हकमा कुनै किसिमको थप शूल्क वा हर्जाना लिन नपाइने राष्ट्र बैंकले निर्देशन गरेको हो। 

यस अवधिमा कसैले ब्याज तथा किस्ता भुक्तानी नगरे पनि खराब कर्जामा गणना गर्नु नपर्ने व्यवस्था गरिएको हो। ऋणीले आफूले भुक्तानी गर्नुपर्ने किस्ता २०७६ चैत्र मसान्तभित्रमा भुक्तानी गर्न आएमा बैंकहरुले उक्त ऋणीलाई १० प्रतिशत छुट दिनु पर्नेछ।

विषम परिस्थितिमा पनि कर्जा भुक्तानी गर्ने आउने ऋणीलाई प्रोत्साहन गर्न योस्तो व्यवस्था गरिएको हो। यसरी ब्याज छुट दिँदा आधार दरभन्दा कम गर्न पाइने छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

२०७६ चैत्र महिनामा नवीकरण गर्नुपर्ने कर्जा नवीकरण नभएको आधारमा चैत्र मसान्तमा सुक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्न अनिवार्य नहुनेसमेत राष्ट्र बैंकको निर्देशन छ। २०७६ चैत्र महिनामा भुक्तानी अवधि तोकिएका सम्पूर्ण चालु पुँजी प्रकृतिका अल्पकालीन कर्जाको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सकिने निर्देशन छ।

त्यस्तै २०७६ पुस मसान्तसम्म ब्याज तथा साँवा नियमित भुक्तानी गरिरहेका पर्यटन तथा यातायात क्षेत्रका ऋणीहरुले अल्पकालीन कर्जाको माग गरेमा साँवा तथा ब्याज बक्यौता रहेता पनि आवश्यकताअनुसार निश्चित सीमासम्म संक्षिप्त प्रक्रिया अपनाई ५ दिनभित्र कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तो सीमा स्वीकृत गर्दा ०.२५ प्रतिशतभन्दा बढी शुल्क लिन पाइने छैन।

कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारमा प्रयोग हुने स्वास्थ्य सेवा विभागले सूचीकृत एवम् सिफारिस गरेको स्वास्थ्योपचारसम्बन्धी वस्तु तथा उपकरण, औषधी, खाद्यान्नलगायत अत्यावश्यकीय मालवस्तु पैठारी तथा बिक्री वितरण सहज बनाउने प्रयोजनका लागि कर्जाको माग भएमा संक्षिप्त प्रक्रिया पुरा गरी ५ दिन भित्र कर्जा प्रदान गर्नु पर्नेछ।

विद्युतीय कारोबारलाई थप प्रभावकारी बनाउन र बढीभन्दा बढी सेवाग्राहीको पहुँच बढाउनका लागि सेवा सुचारु गर्ने, पासवर्ड रिसेट गर्ने, पिन रिसेट गर्ने, अथेन्टिकेसन, भरिफीकेसन, कार्ड नविकरण जस्ता अनलाइन कारोबार गर्न आवश्यक पर्ने कार्यहरुको लागि जोखिम व्यवस्थापन गरी ग्राहकको टेलिफोन तथा इमेल मार्फत प्राप्त भएका अनुरोधलाई अविलम्ब स्वीकार गरी विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न समेत राष्ट्र बैंकको निर्देशन छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

साथै २०७७ असार मसान्तसम्म यस्तो सेवा प्रदान गर्दा बैंकहरुले कुनै पनि शुल्क लिन पाउने छैनन्।

बैंक जमानत जारी गर्ने संस्थाले लाभग्राहीलाई भुक्तानी दिनुपर्ने रकम लकडाउन सकिएको ७ कार्यदिन भित्र भुक्तानी दिन सकिने समेत व्यवस्था गर्न राष्ट्र बैकले भनेको छ। साथै यस अवधिमा ग्राहकले बैंक जमानत नवीकरण गर्न अनुरोध गरेमा कुनै शुल्क नलिई नवीकरण गनुपर्नेछ।

बैंक तथा वित्तीय संस्थाले संघ र प्रदेशमा स्थापना भएका कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा योगदान गरेको रकम सामाजिक उत्तरदायित्व कोषमा गणना गर्न सकिने समेत उल्लेख गरेको छ।

पछिल्लो समय बैंकहरुले यस्ता कोषमा पैसा प्रदान गरिरहेका छन्। उनीहरुले प्रदान गरेको उक्त पैसा सामाजिक उत्तरदायित्वअन्तर्गत गणना गर्न मिल्ने भएको हो। बैंकहरुले नाफाको कम्तीमा पनि एक प्रतिशत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर खर्च गर्नु पर्ने व्यवस्था छ। 

कोभिड-१९ को उपचारलाई समेत सहयोग पुग्ने गरी सेवा विस्तार र स्तरोन्नति गर्न चाहने निजी स्वास्थ्य प्रदायक संस्थाहरुलाई प्रवाह गरिने कर्जालाई प्राथमिकता प्राप्त क्षेत्र अन्तर्गत गणना गर्न सकिने छ।

वित्तीय प्रणालीमा समग्र रूपमा परेको प्रभावलाई मध्यनजर गरी २०७६ चैत्र महिनामा पूरा गर्नुपर्ने काम पूरा नभए कुनै हर्जाना नलगाइनेसमेत राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकबाट प्रदान गरिने पुनर्कर्जा सुविधा कोभिड-१९ बाट प्रभावित साना तथा मझौला उद्यमीलाई प्राथमिकता दिइने भएको छ। यस्तो पुनर्कर्जा सुविधा चालु पुँजी कर्जाको लागी समेत प्रदान गरिनेछ।

वैदेशिक रोजगारमा जाने अनुमति लिई जान नपाएका व्यक्तिले संक्रमणको जोखिम समाप्त भएपछि सहुलियतपूर्ण कर्जा लिई उद्योग व्यवसाय संचालन गर्न चाहेमा निवेदन दिएको ७ दिनभित्र सहुलियतपूर्ण कर्जा उपलब्ध हुने व्यवस्था मिलाइने राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ।

पूरा पढ्नुहोस् राष्ट्र बैंकको सहुलियतपूर्ण निर्देशन

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  २०:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
एनपीएलको विजेतालाई १ करोड १० लाख, अन्यले कति पाउँछन् ? आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्