काठमाडौं- सरकारले कोरोना प्रभावितका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्ने तयारी गरेको छ। आइतबारको मन्त्रिपरिषद् बैठकपछि अर्थमन्त्री डा युवराज खतिवडाले यो घोषणा गर्न लागेका हुन्। अर्थ मन्त्रालयले यसको प्रस्ताव मन्त्रपरिषदमा लगेको छ।
अर्थ मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार चैत मसान्तमा बुझाउनु पर्ने राजस्व वैशाख मसान्तसम्मा तिरे हुने गरी प्रस्ताव तयार गरिएको छ।
आयकरको दोस्रो किस्ता चैत मसान्तमा बुझाउनुपर्नेमा त्यसलाई एक महिना सारिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।