काठमाडौं- कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन थप गर्ने गरी समितिको निर्णय मन्त्रिपरिषदमा पठाएको छ।
समितिको सिंहदरबारमा बसेको बैठकले लकडाउन थप गर्ने निर्णय गरी मन्त्रिपरिषदमा पठाएको हो।
'भारतमा लक डाउन भएकाले भिन्न रुपमा जान नसिकिने भएकाले अवधि कहिलेसम्म भन्ने मन्त्रिपरिषद्ले गर्छ। निश्चित समय तोकिएको छैन। बढाउन सिफारिस मात्र गरेका छौं,' समितिका एक सदस्यले भने।
मन्त्रिपरिषद बैठकले समितिको प्रस्तावलाई अनुमोदन गरेपछि मुलकमा दोस्रो चरणको लकडाउन सुरु हुनेछ।
यसअघि गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेसँगै मंगलबारबाट लकडाउन सुरु भएको थियो।
पर्सी बिहान (मंगलबार) बिहान ६ बजेबाट पहिलो चरणको लकडाउनको अवधि सकिँदैछ।
यद्यपि मन्त्रिपरिषद् बैठकले नै यसको आधिकारिक निर्णय गर्न समितिले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।