भारत- कोरोना भाइरस आउटब्रेकपछि सवै आफ्नो घरमा थुनिन बाध्य छन्। स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सेवामा हाजिर छन्। अन्य पेशाकर्मीले भौतिक उपस्थिति जनाउन नसकेपनि आर्थिक र नैतिक सहयोग गरिरहेका छन्। धेरै बलिउड कलाकारले जनचेतना फैलाउने सन्देश प्रवाह गर्नुका साथै आर्थिक सहयोगको घोषणा गरिरहेका छन्। एक भारतीय अभिनेत्री भने कोरोना पिडितको सहयोगका लागि मैदानमै उत्रिएकी छिन्। उनको नाम हो शिखा मल्होत्रा।
भारतमा कोरोना भाइरसको आउटब्रेकपछि उनी फेरि नर्सिङ पेशामा फर्कीएकी हुन्। अभिनेत्री हुनुअघि पनि उनी नर्स थिइन्। उनी मुम्बइको बृहन्मुम्बइ म्युनिसिपल कर्पोरेशनसँग मिलेर कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा लागेकी हुन्।
शिखाले वर्धमान महावीर मेडिकल कलेज र नयाँदिल्लीस्थित सफदरजंग अस्पतालबाट सन् २०१४ मा नर्सिङ पूरा गरेकी थिइन्। तर उनले नर्सिङमा जागिर भने गरिनन्।
अहिले भोलेन्टिएर नर्सका रुफमा काम गर्ने निर्णय लिएकी हुन्। यसका लागि उनलाई अनुमति पनि मिलेको छ।
शिखा मुम्बइको जोगेश्वरी इस्टस्थित हिन्दू ह्रदय सम्राट बालासाहेब ट्रमा हस्पिटलमा काम गरिरहेकी छिन्। उनलाई आइसोलेसन वार्डको जिम्मेवारी दिइएको छ।
उनको केही समयअघि फिल्म कांचली रिलिज भएको थियो। जहाँ उनी शिर्ष भूमिकामा थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।