काठमाडौं– कोरोना भाइरस महामारी (कोभिड–१९)को सुरुवाती केन्द्र चीनको वुहान सहर दुई महिनाभन्दा बढी समयको ‘लकडाउन’पछि आंशिकरुपमा खुलेको छ।
बिबिसीका अनुसार शनिबार रेलमार्फत वुहान सहरमा आइरहेको भीडको तस्बिर कैद भएको थियो। एक रिपोर्टअनुसार वुहानमा मानिसहरुलाई प्रवेश गर्न दिइए पनि सहर छाड्न पनि दिइएको छैन।
हुवे प्रान्तको राजधानी समेत रहेको वुहानमा ५० हजारलाई कोरोना संक्रमण भएको थियो भने सो प्रान्तमा कोरोनाबाट ३ हजारको मृत्यु भएको थियो।
तर, पछिल्लो समय चीनले उपलब्ध गराउने आँकडाअनुसार कोरोना संक्रमित र मृत्यु हुने दरमा नाटकीय रुपमा कमी आएको छ।
शनिबार हुवेमा ५४ मात्र नयाँ कोरोना संक्रमित भेटिएका छन्। त्यसमा पनि अधिकांश बाहिरबाट आएका मान्छे रहेको बताइएको छ।
देश बाहिरबाट आउनेहरुबाट हुने संक्रमण रोक्न चीनले भिसा र आवासीय अनुमति भएकाहरु समेत गरी सबै विदेशी आगन्तुकमाथि प्रवेशमा प्रतिबन्ध लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।