काठमाडौं– विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेहरुको संख्या ६ लाख नाघेको छ। पछिल्लो विवरण अनुसार ६ लाख १४ हजार २ सय २४ मा कोरोना संक्रमण भएको छ भने २८ हजार २ सय ४० को मृत्यु भएको छ।
यो अवधिमा कोरोना संक्रमणबाट निको भएर घर फर्किनेहरु १ लाख ३७ हजार ३ सय ३२ रहेका छन्।
पछिल्लो समय कोरोना संक्रमणको केन्द्र बनेको अमेरिकामा १ लाख ४ हजार २ सय ५६ जनामा संक्रमण देखिएकाे छ भने १ हजार ७ सय ४ जनाको मृत्यु भएको छ।
त्यस्तै इटालीमा ८६ हजार ४ सय ९८ लाई कोरोना संक्रमण भएको छ। इटालीमा काेराेनाबाट सबैभन्दा धेरै ९ हजार १ सय ३४ जनाको मृत्यु भएको छ।
कोरोनाको सुरुवाती केन्द्र रहेको चीनमा भने पछिल्लो सयम संक्रमण र मृत्युदरमा केही स्थिरता आएको छ। जम्मा ५४ नयाँ बिरामी भेटिएका छन् भने थप ३ जनाको मृत्यु भएको छ।
कोरोनाबाट विश्वभर मृत्युदर १७ प्रतिशत छ भने निको हुने दर ८३ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।