काठमाडाैं- नेपाल एयरलाइन्सले अप्रिल २ तारिकमा पनि गाेन्जाव चार्टर उडान गर्ने भएकाे छ। चार्टर उडानका लागि नेपाल एयरलाइन्सले भारत, बंगलादेश, म्यानमार र चीनबाट अनुमति पाइसकेको छ।
अप्रिल २ मा नेपाल एयरलाइन्सको वाइडबडी जहाजले निजी क्षेत्रमा मेडिकल व्यवसायीको औषधि ल्याउने छ। तर समन्वयन भने स्वास्थय मन्त्रालयले गरिदिएको छ।
अप्रिल १ मा वाइडबडी अस्ट्रेलिया जाने
नेपाल एयरलाइन्सको वाइडबडी जहाज अप्रिल १ मा अस्ट्रेलिया जाने भएको छ। उडानमा अस्ट्रेलियाले नेपालमा रहेका आफ्नो देशको नागरिक फिर्ता लैजाने भएको छ।
अस्ट्रेलियाले हाल नेपालमा रहेका नागरिकलाई काठमाडौंमा उद्धार गरेर ल्याउन थालेको छ। काठमाडौंमा उद्धार गरिएका आफ्नो नागरिक लैजान अस्ट्रेलियाली दूतावासले नेपाल एयरलाइन्सको जहाज चार्टरको गरेको छ।
नेपाल एयरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया लैजान गरी चार्टरको तयारी भएको नेपाल एयरलाइन्सका अफरेसन विभाग प्रमुख दीप जुहारचनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।