काठमाडौं- नेपालमा पाँचाै कोरोना संक्रमित फेला परेकी छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट अनुसार १९ वर्षकी युवतीमा संक्रमण भेटिएको हो। 
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाका अनुसार उनी बेल्जियमबाट कतारहुँदै नेपाल आएकी थिइन्। उनी चैत ४ मा क्युआर६५२ बाट नेपाल आएको अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाले बताए। उनले अहिलेको अवस्थामा घर भित्र बस्नु नै सबैभन्दा राम्रो उपाय रहेको बताउँदै सबैलाई घरभित्र बस्न आग्रह गरे।
शनिबार नेपालमा देखिएको पाँचौ केस हो। यस अगाडि देखिएका ४ वटा केसमा एक जना उपचारपछि घर फर्किसकेका छन् भने तीन जना उपचारमा छन्। शुक्रबार उपत्यकाबाहिर धनगढीमा एक युवामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। 
अर्की एक युवती टेकु अस्पतालमा उपचाररत छन्। अहिलेसम्म नेपालमा कोरोना संक्रमित देखिएका सबै नेपालबाहिरबाट आएका हुन्। 
 
 

                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।