• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

संकटमा सहयोग गर्न निजी क्षेत्रलाई प्रचण्डको अपिल

64x64
नेपाल लाइभ शनिबार, चैत १५, २०७६  १५:५९
1140x725

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कोरोना भाइरसबाट नेपालमा संकट चुलिँदै गएकाले गरिब र असाहयकाे सहयोगका निम्ती मुठी फुकाउन निजी क्षेत्रका व्यवसायीहरुलाई अपिल गरेका छन्। शनिबार आफ्नै निवास खुमलटारबाट अपिल जारी गर्दै उनले निजी क्षेत्रलाई गरिब र असाहयको सहयोगमा जुट्न अपिल गरेका हुन्।

कोरोना भाइरसको संकक्रमणबाट दैनिक ज्यालादारी गरेर जीवीकोपार्जन गर्ने निम्नवर्गीय श्रमजिवीको खाद्यन्न व्यवस्थापनमा आवश्यक राहत विशेष प्याकेज निर्माण गर्न प्रचण्डले सरकारलाई आग्रह गरे। ‘चीन, कोरिया, इटाली, अमेरिकाजस्ता मुलुकबाट पाठ सिकेर उच्च सतर्कता अपनाउन आमजनतालाई आग्रह गर्दछु,’ प्रचण्डले भने, ‘कोडिन १९ को विरुद्धको लडाईंमा सबैभन्दा अग्रमोर्चामा रहेर क्रियाशील रहने स्वास्थ्यकर्मी, सुरक्षा निकाय, कर्मचारी र आमसञ्चार माध्यमको उच्च प्रशंका गर्दछु।’

आमसञ्चार माध्यमले यथोचित संमयमिता र आधिकारिक सूचना दिन ध्यान दिनेमा आफू विश्वस्वत रहेको उनले बताए। संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र नेकपाका सबै तहका नेता कार्यकर्ता सदस्यलाई संक्रमणविरुद्धको लडाईंमा सावधानीपूर्वक स्वयंसेवीको रुपमा नेतृत्व गर्न प्रचण्डले आग्रह गरे।

अपिलको पूर्ण पाठ 
मानव जातिलाई नै चुनौति दिएको नोभल कोरोना भाइरस अर्थात कोभिड १९ का कारण संसारभरका ६ लाखभन्दा धेरै संक्रमित भएका छन् भने २७ हजारभन्दा धेरैको मृत्यु हुन पुगेको छ। विश्वमा महामारीको रुपमा फैलिएको यस संक्रामक भाइरसका कारण निधन भएका नागरिकहरुप्रति हार्दिक श्रदाञ्जली तिनका शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु।

विश्वभरका साथै नेपालका संक्रमित छिटै निको हुने आशासहित शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। विश्वव्यापी बनेको कोभिडन १९ नामक घातक भाइरसको सामना गर्न सिंगो विश्व नै संघर्षरत छ। विश्व समुदायसँगै नेपाल सरकार आमजनताले पनि आवश्यक सजकता र सावधानी अपनाएकोमा धन्यवादसहित संक्रमण फैलिन नदिन सावधानी अपनाउन हार्दिक अपिल गर्दछु।

Ncell 2
Ncell 2
nimb
nimb

विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिमा रहेको देशको रुपमा सचेत गराई रहेको सन्दर्भमा म नेपाल सरकार, प्रदेश र स्थानीय तहका सरकार र नेकपाका सबै तहका नेता कार्यकर्ता र सदस्यलाई स्वायंसेवीकाे रुपमा संक्रमणविरुद्धको लडाईंमा सावधानीपूर्वक नेतृत्व गर्न आग्रह गर्दछु। सचेत नागरिक र आमसञ्चार मध्यमको जिम्मेवारपूर्ण र आधिकारिक सूचना शिक्षाले नै जोखिममा पर्नबाट जोगिन्छ भन्ने तथ्यलाई गहिरोगरी आत्साथ गर्न विशेष अनुरोध गर्दछु।

कोभिड १९ को संक्रमणविरुद्ध विजय प्राप्त गर्न नेपाल सरकार र विश्वस्वास्थ्य संगठनले जारी गरेको आधिकारिक निर्देशन तथा आचार संहिता पालना गर्दै हरेक नागरिक र परिवारले घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न त्यसमार्फत् देश दुनियाँको रक्षामा योग्दान गर्न सबैसँग अपिल गर्दछु।

कोरोना भाइरसविरुद्धको लडाईंकाे अग्रमोर्चामा रहेर जोखिम उठाउने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षा निकायको मनोवल उच्च राख्न आवश्यक उत्प्रेरणा सुरक्षा र सातै प्रदेशमा उपकरणहरुको व्यवस्थामा राज्यका तर्फबाट थप जोड दिन आवश्यक छ। साथै दैनिक ज्यालादारी गरेर जीविकोपार्नज गर्ने निम्नवर्गीय श्रमजीवी जनताको खाद्यन्नको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माणमा सरकारको ध्यान जाने नै छ।

Xtrem
Xtrem

संकटको यो अवस्थामा गरीब असायहको सहयोगमा मुठी फुकाउन निजी क्षेत्रका व्यवसायीहरुसँग पनि अपिल गर्दछु। व्यक्तिगत रुपमा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने हात नमिलाउने खोक्दा ह्याछिउ गर्दा रुमालको प्रयोग गर्ने आवश्यकता अनुसार मास्कको प्रयोग गर्ने सरकारले घोषणा गरेको लकडाउनलाई पालना गर्दै घरबाट ननिस्कन अनुशासनमा रहन आमजनमुदायमा अनुरोध गर्दछु।

चिकित्सकहरुका अनुसार चर्को ज्वरो खोकी, थकान श्वास प्रश्वासमा अप्ठ्यारो भए कोभिड १९ को परीक्षण गर्नु पर्छ। आजसम्म चार जना नेपालीमा देखिएको तर उहाँहरुको स्वास्थ्यस्थिति सामान्य रहेकाले अत्तिनुपर्ने अवस्था छैन। तर, चीन,कोरिया, इटाली अमेरिका जस्ता मुलुकबाट पाठ सिकेर उच्च सतर्कता अपनाउन  ध्यान दिनै पर्छ।

अन्तमा कोभिड १९ को विरुद्धको लडाईंमा सबैभन्दा अग्रमोर्चामा रहेर क्रियाशील रहनु भएका स्वास्थ्यकर्मी, सुरक्षा निकाय, कर्मचारी र आमसञ्चार माध्यमको उच्च प्रशंका गर्दछु। आमसञ्चार माध्यमले यथोचित संमयमिता र आधिकारिक सूचना र शिक्षा जनतामा पुर्‍याउने कामलाई पक्कै पनि सबैभन्दा बढी ध्यान दिनुहुने छ भन्ने विश्वास छ। विश्वलाई नै चूनौति दिएको महामारीबाट हामी छिटै नै मुक्त हुने छौं। मानवजातिको एकता राष्ट्रकाे एकता उच्च मनोवलले हामी विजयी हुने छौं।

प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १५:५९
  • #प्रचण्ड-अपिल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता सोमबार, असोज २६, २०८३
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा सोमबार, असोज २६, २०८३
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु सोमबार, असोज २६, २०८३
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्