काठमाडौं- नेपाल एयरलाइन्सको वाइडबडी जहाज कोरोना परीक्षणका लागि आवश्यक सामग्री लिनका लागि चीन प्रस्थान गरेको छ। चीनको ग्वान्जाओका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयरलाइन्सको वाइडबडी दिँउसो १२:३० मा जहाज त्यसतर्फ प्रस्थान गरेको हो।
जहाजको कमान्ड पाकिस्तानी पाइलट जावेद चौधरीले सम्हालेका छन् भने सुनील श्रेष्ठ कोपाइलट छन्।
परराष्ट्र मन्त्रालयको सहयोगमा भारत, बंगलादेश‚ म्यानमार र चीनको अनुमतिमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको गोन्जाओ प्रस्थान गरेको प्राधिकरण महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
उक्त जहाजमा कोरोना परीक्षणका लागि आवश्यक मेकिडल सामान ल्याइने छ।
जहाज शनिबार नै रातको १०:३० मा नेपाल फर्किने छ।
विमानमा चालक दलका सदस्य मात्र छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।