काठमाडौं–नेपालमा अलपत्र परेका जर्मन नागरिक लैजान जर्मन दूतावासले जहाज चार्टर गरेको छ।
चार्टर गरेको कतार एयरवेजको जहाज काठमाडौंमा अवतरणको तयारीमा छ। जहाज नेपाली आकाशमा आइसकेको छ।
यसबाहेक पनि कतारको अर्को जहाज पनि आउने छ। केही समयपछि आउने जहाजले भने फ्रान्सेली नागरिक लैजाने छ। अहिले आइरहेको कतार एयरवेजको ए३३० जहाजमा झन्डै ३ सय जर्मनका नागरिकहरु जाने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।