काठमाडौं- सगरमाथा आधार क्षेत्रमा अलपत्र परको १५ फ्रान्सेली नागरिकलाई विशेष उडान अनुमति लिएर तारा एयरले उद्धार गरेको छ।
लुक्लाबाट तारा एयरले उद्धार गरेको १५ विदेशी काठमाडौं आइपुगेको छन्। यसैगरी, बुद्ध एयरको एटिआर ७२ जहाजले पोखराबाट ५८ जना विदेशीको उद्धार गर्ने भएको छ।
केही समयअघि नै उड्न तयार भएको बुद्ध एयरलाई पराराष्ट्र मन्त्रालयले रोकेर थप १७ जनाको उद्धार गर्न नाम पठाएको हो। उद्धार गर्नेको लिस्ट पाएसँगै बुद्ध एयरले उडान तयारी अन्तिम चरणमा पुर्याएको छ।
५८ जनामध्ये अधिकांश फ्रान्सेली नागरिक रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।