काठमाडौं- निजी हवाई सेवा प्रदायक बुद्ध एयरले पोखराबाट ४१ जनाभन्दा बढी फ्रान्सेली नागरिकको उद्धारका लागि उडान अनुमति पाएको छ।
एयरलाइन्सले ४१ जनाको उद्धारका लागि विशेष अनुमति पाइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण उच्च स्रोतले जानकारी दिएको छ।
बुद्धले जहाज उडानको तयारी गरिरेको छ। उडानको तयारी भइरहेको बेला पुनः पराराष्ट्र मन्त्रालयले थप अन्यको पनि नाम पठाउने तयारी गरेको कारण केही समय उडान ढिला भएको स्रोतको भनाइ छ।
फ्रान्सेली नागरिक अहिले पोखरा विमानस्थलमा जम्मा भइसकेका छन्।
उद्धार गरिएका नागरिकलाइ दूतावासले आफ्नै खर्चमा काठमाडाैंमा राख्दै आफ्नाे देश पठाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।