काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग अनुरोध गरेका छन्।
ज्यालादारी र न्युन आय भएकाहरुको दैनिक गुजारा चलाउने प्रवन्ध पनि गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले सामाजिक सञ्जाल मार्फत सरकारसँग अनुरोध गरेका छन्। कोरोनाबाट सुरक्षित हुदाहुँदै कोही कसै पनि भोकमरीको शिकार बन्न नपर्ने अवस्था सिर्जना गर्न सरकारसँग अनुरोध गरेका छन्।
विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सुरक्षित बन्न लकडाउन उत्तम विकल्प देउवाको धारणा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।