काठमाडौं- दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पनि रिचार्जमा बोनस अफर ल्याएको छ। एनसेलले रिचार्जमा ५० प्रतिशत बोनस अफर ल्याएको हो। यसैगरी एनसेलले ५ सय रुपैयाँसम्मको ब्यालेन्स ट्रान्सफर पनि निःशूल्क गर्ने भएको छ। साथै एनसेलले २ सय ३० रुपैयाँमा १५ जिबी डेटा स्टेक होम प्याक ल्याएको छ।
ब्यालेन्स ट्रान्सफर सेवाअन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्कभित्र रहेका आफ्ना परिवारका सदस्य तथा साथीभाइलाई आफ्नो मेन ब्यालेन्सबाट निःशुल्क रुपमा ब्यालेन्स रकम उनीहरुको मोबाइलमा पठाउन तथा उनीहरुबाट प्राप्त गर्न पनि सक्ने एनसेलले जनाएको छ। हालको परिस्थितीलाई ध्यानमा राखी ब्यालेन्स ट्रान्सफरको सिमा एक दिनमा अधिकतम ३ पटकबाट २० पटक पुर्याइएको छ।
प्रिपेड ग्राहकले १० देखि ५ सयसम्म आफ्नो मेन ब्यालेन्सबाट एनसेलको अन्य कुनै नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न सक्ने एनसेलले जनाएको छ।
ट्रान्सफर रकमबाट ग्राहकले कल गर्न, एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सक्नेछन्। त्यस्तै एनसेल सापटी सेवाअन्तर्गतको सापटी रकमलाई बढाएको छ।
यससँगै एनसेलका ग्राहकले विगतमा यो सेवा प्रयोग गरेको व्यवहारको आधारमा न्यूनतम ४० देखि अधिकतम २ सयसम्म सापटी लिन सक्ने टेलिकलमे जनाएको छ। यसमा २ रुपैयाँ सेवाशुल्कमा सापटी लिन सक्ने टेलिकलमे जनाएको छ।
यसैगरी रिचार्ज बोनस भने एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ। बोनस रकम सोही दिनको मध्यरातिसम्म मान्य हुने एनसेलले जनाएको छ।
विपदको घडीमा कार्यलयको कामकाज घरबाटै पुरा गर्नुपर्ने ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले १५ जिबी डेटा भोलुमसहितको स्पेशल डेटा प्याक‚ स्टे होम प्याक ल्याएको छ। ग्राहकले करबाहेक मात्र २ सय ३० (करसहित २९३.६९) मा यो प्याक सुचारु गर्न एनसेलले जनाएको छ।
यो डेटा प्याकमा रहेको १५ जिबी डेटामा १० जिबी डेटा सबै नेटवर्कमा (टुजी, थ्रिजी र फोरजी) मा लागू हुनेछ भने ५ जिबी डेटा फोर्जी नेटवर्कमा मात्र लागू हुने कम्पनीले जनाएको छ।
यो प्याकको समयावधि सात दिनको रहेको छ र ग्राहकले मध्यरातदेखि बेलुका ६ बजेसम्मको समयमा डेटा प्रयोग गर्नुपर्ने एनसेलले जनाएको छ। एनसेलको यो योजनाअन्तर्गतका सबै अफरहरु ३० दिनका लागि संचालनमा रहनेछ जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।