काठमाडौं- कलाकारहरुले कोरोना भाइरसबाट बच्नका लागि घरमा बस्न सुझाव दिएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो राख्दै सबैलाई लकडाउनको पालना गर्दै घरमा शान्त बस्न आग्रह गरेका छन्। विश्वभर फैलिएको कोरोना भाइरसका कारण घरमै रहेका उनीहरुले यस्तो सन्देश दिएका हुन्।
राजेश हमाल,रेखा थापा, प्रदिप खड्का र नम्रता सापकोटाले यस्तो सन्देश आफ्नो इन्स्टाग्रामा सेयर गरेका छन्।
कसले के भने
राजेश हमाल
धेरै वर्ष पहिले एक जना भिक्षुले मलाई भन्नुभएको थियो। मानिस ठूलो समस्यामा परेको समयमा संयमता गुमाउनु हुँदैन। शान्त भएर परिस्थितिको सामान गर्छ। कोरोना भाइरसले पनि यसैको माग गरेको छ। सुरक्षित बसौं र शान्त बसौं।
रेखा थापा
खोक्दा , साबुन पानीले हात धौऔं। भिडभाडमा नजाऔं। ज्वरो आएमा खोकी लागेका स्वास्थ्य केन्द्रमा जाऔं। हात नमिलाउँ र अंकमाल नगरौं
प्रदिप खड्का
यो भाइरसबाट हामी सबै सजग हुनु जरुरी छ। यो भाइरसको उपचार भनेको नै घरमै बस्नु हो। जनजिवनमा जुन असर परेको छ यसबाट सजग हुनैपर्छ। लकडाउनलाई साथ दिँदै घरमै बसौं र सुरक्षित रहौं।
नम्रता सापकोटा
घरमा हुनुहुन्छ होला। सुरक्षित हुनुहोला। कुकुर र गाईहरु शहरमा छन्‚ उनीहरुलाई कसले खान दिन्छ होला। मलाई यही कुरा लागिरहेको छ। घरमा पाकेको कुरा सडकमा भएका जनावरलाई पनि दिऔं। माक्स लगाऔं र घरमा बसौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।