काठमाडौं- नेपालमा रहेका विदेशी पर्यटकलाई स्वदेश फिर्ता गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको संक्रमण बढेको भन्दै सबै विदेशीलाई क्वारेन्टाइनमा राखी स्वस्थ भएको अवस्थामा स्वदेश फिर्ता गर्ने तयारी सरकारले गरेको हो।
ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना भाइरस रोकथाम तथा निमन्त्रण उच्चस्तरीय समितिले नेपालमा रहेका सबै विदेशीको पहिचान गरी क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो।
सरकारले जोखिम न्यूनीकरण गर्न सबै विदेशी उडान बन्द गरिसकेको छ भने मंगलबारदेखि लकडाउनको समेत घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।