काठमाडौं- कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको ‘लकडाउन’ पालना गर्दै अत्यावश्यक खाद्य उत्पादन तथा आपूर्ति सुचारु राख्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आग्रह गरेको छ।
दैनिक रुपमा आवश्यकपर्ने आधारभूत खाद्यान्न, तरकारी, दूध, फलफूल, माछामासु, अण्डा उत्पादन तथा आपूर्ति सुचारु राख्न मन्त्रालयले आग्रह गरेको हो।
त्यस्तै पशुपन्छीको दाना, आहार, कुखुराका चल्ला उत्पादन, ढुवानी एवं बिक्री वितरणलाई समेत निरन्तरता दिन मन्त्रालयले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।