• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

विश्व क्वारेन्टाइनमा बस्दै गर्दा तङ्ग्रिएको चीनमा फ्याक्ट्री खुल्न थाले

64x64
नेपाल लाइभ बुधबार, चैत १२, २०७६  १४:५५
1140x725
तस्बिर सिन्ह्वा

काठमाडौं- कोरोना भाइरस (कोभिड १९)का कारण सम्पूर्ण विश्व ठप्प प्रायः छ। कयौं देशहरु लकडाउन भइसकेका छन्। नेपालसँगै छिमेकी भारतले समेत मंगलबारदेखि २१ दिनसम्म लकडाउनको घोषणा गरेको छ। तर, कोरोना भाइरसको उद्गमस्थल चीन भने तङ्ग्रिदै गएको छ।

चीनमा क्रमिकरुपमा उत्पादन प्लान्टहरु खुल्न थालेका छन् भने उडानहरुसमेत सुचारू हुने क्रममा रहेका छन्। विश्वकाे दोस्रो ठूलो अर्थतन्त्र चीनमा उत्पादन प्लान्टहरु खुल्दा बहुराष्ट्रिय कम्पनीहरुलाई केही राहत हुने द इकोनोमिक्स टाइम्सले लेखेको छ। २०१९ को अन्तिममा चीनमा देखिएको कोरोना भाइरसका कारण हाल युरोप, अमेरिका, भारत तथा ल्याटिन अमेरिकी मुलुक आक्रान्त छन्। चीन भने कोरोना भाइरस नियन्त्रण उन्मुख रहेको छ। नयाँ संक्रमसतहरु ज्यादै न्यून रहेका तथ्याङ्क बाहिर आएका छन्।

योसँगै चीनमा कामदारहरु काममा फर्किन थालेका छन् भने प्रोडक्सन लाइनहरु सुचारू भएका छन्। कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेको लकडाउन छिट्टै खुल्ने अनुमान गरिएको छ। चीनमा गत महिना कार बिक्री ज्यादै न्यून रहेको थियो। कोरोना भाइरस नियन्त्रण उन्मुख रहेकाले मानिसहरु सपिङका लागि बाहिर निस्कन थालेका छन्। योसँगै कारको बिक्री समेट क्रमिकरुपमा बढ्दै जाने अनुमान गरिएको छ। पुरानै अवस्थामा बजार फर्कन भने केही समय लाग्ने विश्लेषकहरुको भनाइ छ।

रियल-टाइम इन्डिकेटरअनुसार चीनले औद्योगिक केन्द्रहरु सुचारू गर्न थालेको देखाएको सानफोर्ड सि बेर्नस्टिनका विश्लेषकले मंगरबार बताएका हुन्।पुनर्सुचारू प्रारम्भिक चरणमा रहेपनि यो क्रमिक रूपमा बढ्दै गएको उनको भनाइ छ।

चीनको हवाइ क्षेत्र कोरोना भाइरसको संक्रमण बढेसँगै निक्कै खुम्चिएको थियो। गतसाता खुम्चिएको हवाइ क्षेत्रको सेडिउल २.४ प्रतिशतले बढेरे सात दिनमा ९.२ मिलियन सिट पुगेको थियो। तर, विश्वका ठूला हवाई बजार भने खुम्चिने क्रममा रहेको छ। यो तथ्याङ्क फ्लाइट डाटा एनलाइसिस गर्ने संस्था ओएजी एभिएसन वर्ल्डवाइडबाट उपलब्ध भएको हो।

त्यस्तै चीनको सववे ट्राफिक गत साता २१ प्रतिशतले बढेको हो भने घरायसी सामानको बिक्री मूल्य तथा परिमाण दुवैमा बढोत्तरी आएको छ। लुनार नयाँ वर्षको बिदामा कोरोना भाइरसको संक्रमण बढेसँगै चीनमा संक्रमित क्षेत्रमा लकडाउन गरिएको थियो। यो जनवरीको अन्त्यतिरबाट सुरू भएको हो।

चीनमा रहेका कार उत्पादकहरुले आफ्ना उत्पादन प्लान्टहरु क्रमिक रूपमा खोल्न थालेका छन्।

यी हुन् उत्पादन सुचारू गर्न थालेका कम्पनी:
होन्डा
जापानी कार उत्पादक होन्डाले चीनमा रहेका आफ्ना दुई प्लान्टमा कार उत्पादन क्रमिकरुपमा बढ्न थालेको जनाएको छ। उत्पादनका लागि आवश्यकपर्ने पार्टपुर्जाको कमी नभएको कम्पनीले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

निसान
चीन सरकारले तोकेको नीति नियमअनुसार सवारी उत्पादन सुरु गरेको निसानले भनेको छ। सुरुमा केही प्रतिशतबाट सुरु भएको उत्पादन क्रमशः बढाउँदै जाने कम्पनीको भनाइ छ।

एसएआइसी 
चीनको ठूला सवारी उत्पादक मध्यको एक एसएआइसीले पनि कार उत्पादन सुचारू भएको जनाएको छ। कम्पनीले उत्पादन क्षमता भने माग अनुसार बढाउँदै जाने बताएको छ। पार्टसको अभाव हुनसक्ने अवस्थाबारे कम्पनी सचेत रहेको र त्यो अवस्था नआउने दावी गरेको छ।

टेस्ला
स्थानीय सरकारको सहयोगका कारण टेस्लाको प्यान्ट धेरै प्रभावित नभएको कम्पनीले जनाएको छ। तुलनात्मक रूपमा अन्य कम्पनीभन्दा टेस्ला कोरोना भाइरसका कारण कम प्रभावित थियो। अमेरिकाभन्दा बाहिर टेस्लाको फ्याक्ट्री एउटामात्र छ त्यो हो चीनमा।

चीनको साँघाइमा रहेको टेस्लाको प्लान्टबाट हाल सातामा ३ हजार कार उत्पादन हुन थालेको कम्पनीले गत शुक्रबार जनाएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

टोयोटा
अर्को जापानी कार उत्पादक टोयोटाले चीनको ग्वाङझाउ र च्यानचुनमा रहेको प्लान्ट नियमित रुपमा सञ्चालनमा आएको छ। कम्पनीले दुई सिफ्टमै प्लान्ट सुचारू गरेको छ। चीनमै गरेको अर्को प्लान्टबाट भने एक सिफ्टमा मात्र उत्पादन सुरु गरिएको टोयोटाले जनाएको छ।

त्यस्तै चेन्दूमा रहेको प्लान्ट पुरानै झैं एक सिफ्टमा चल्न थालेको छ। टोयोटाको चीन‌मा रहेका ९८ प्रतिशत डिलरहरू पुनः खुलेका छन्। प्लान्टहरू सुचारू भएको र डिलरहरू खुलेकाले टोयोटाले २०२० का लागि तय गरेको टार्गेट परिमार्जन नगर्ने भएको छ।

फक्सवागन
चीनमा कोरोना भाइरस संक्रमणका कारण बन्द अवस्थामा रहेका सबैजसो उत्पादन साइट सुचारू भएको फक्सवागन एजीले जनाएको छ। तथापि सुस्त सप्लाइचेन, मजदुरलाई सीमित स्थानमा मात्र गर्न दिइएको यात्रा र साझेदार कम्पोनेन्ट उत्पादकका कारण केही समस्या भने बाँकी रहेको फक्सवागनको भनाइ छ।

आवश्यकता र मागका आधारमा थप प्लानिङ गर्दै जाने कम्पनीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्