काठमाडौं- दुई नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बीमा समितिले कोरोनाविरुद्ध लड्न स्थापना गरेको कोषमा क्रमशः ५० लाख रुपैयाँ र दुई करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन्।
धितोपत्र बोर्डको सञ्चालक समितिले ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरले जानकारी दिए। त्यस्तै बीमा समितिको बोर्डले मंगलबार दुई करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको बोर्डका सञ्चालक किरण कुमार श्रेष्ठले जानकारी दिए। विश्वव्यापि रुपमा फैलिरहेको कोरोनाले पुर्याउने असर र फैलिनबाट रोकथाम गर्ने विभिन्न संघसंस्था तथा निकायहरुले आर्थिक सहयोग गरिरहेका छन्।
नेपाल सरकारले कोरोना भाइरस थप नफैलियोस् भनेर मंगलबारदेखि एक साताको लागि लकडाउन गरेको हो। यसले पुर्याउने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न सरकारले आर्थिक सहायताको कोष बनाएको छ। यसै कोषमा पछिल्लो समय विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक सहयोग प्रदान गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।