काठमाडौं– धुर्मुस सुन्तली फाउण्डेशनले चितवनमा बनाउन लागेको क्रिकेट रंगशालाको निर्माण कार्य रोकिएको छ। जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम रोकिएको धुर्मुश सुन्तली फाउण्डेशनका संस्थापक सीताराम कट्टेलले जानकारी दिए।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निर्माण कार्य हाललाई रोकिएको फाउण्डेशनले प्रष्ट पारेको छ। अवस्था सामान्य नहुन्जेलसम्म निर्माण कार्य सुरु नहुने बताइएको छ।
रंगशालाको निर्माण गत वर्षको मंसिरदेखि सुरु गरिएको थियो। खेल मैदान निर्माण कार्य ८५ प्रतिशत सकिएको कट्टेलले जानकारी गराए। ग्राउण्डको काम सम्पन्न भएको छ।
दोश्रो चरणको कार्यअन्तर्गत प्याराफिटको निर्माण कार्य जारी रहेको थियो। रंगशालामा २०७ जनाभन्दा बढी व्यक्ति कामका लागि खटिरहेका छन्। जनशक्ति थपेर डबल सिफ्टमा कार्य गर्ने योजना कार्यान्वयन गर्नै लाग्दा कोरोनाको महामारीले प्रभाव पारेको कट्टेलले बताए।
स्वास्थ्य महत्वपूर्ण हुनुका साथै स्रोत व्यवस्थापनमा कठिनाई परेकाले निर्माण कार्य रोकिएको कट्टेलले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।