काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले लकडाउनको अवधिमा निरन्तर फाेन सम्पर्कमा रहन कर्मचारीलाई निर्देशन दिएको छ।
आवश्यक समयमा उपस्थित हुने गरी बिदा दिन आन्तरिक विमानस्थल कार्यलयलाई प्राधिकरणले निर्देशन दिएको छ।
अत्यावश्यक उडानहरु मात्र हुन सक्ने भएकोले विमानस्थलमा आवश्यक परेको समयमा उपलब्ध हुने गरी बिदा दिन निर्देशन दिइएको हो। विमानस्थल सञ्चालनका लागि अत्यावश्यक यन्त्र उपकरण चुस्तदुरुस्त अवस्थामा राख्न समेत प्राधिकरणले आन्तरिक विमानस्थल कार्यालयलाई निर्देशन दिएको छ।
नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानलाई अत्यावश्यक समयमा उडान गर्न परेको अवस्थामा उपकरणहरु निर्वाध रुपमा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।