वासिंटन- अमेरिकी विमान कम्पनीहरूले उडान स्थगित गर्ने निर्णय गरेका छन्। विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण र अमेरिकामा तिव्र गतिमा फैलिरहेकाले कम्पनीले आफै उडान बन्द गर्न लागेको वाल स्ट्रिट जर्नलले जनाएको छ।
अमेरिकी अधिकारीहरूले एयरलाइन्स कम्पनीहरूलाई अनुरोध गर्ने सोच बनाइरहेको समयमा कम्पनीहरुका तर्फबाट यस्तो घोषणा आएको हो।
विमान कम्पनीहरूले पनि कोरोना भाइरसको संक्रमणको प्रभावमा परिरहेको अवस्थामा र यात्रुहरू कम यात्रा गरिरहेको कुरालाई मध्यनजर गर्दै कम्पनीहरूले यस्तो घोषणा गरेका हुन्।
८ करोड मिलियन बासोबास भएको क्यालिर्फोनिया, न्युयोर्क, वासिंटनमा अनिवार्य घरमा बस्न अनुरोध गरिएको छ। अमेरिकामा ४६ हजार ४ सय ५० जनामा कोरोना संक्रमण भएको छ। १ सय २५ जनाको मृत्यु यसकै कारण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।