काठमाडाैं- मोबाइलएप रिचार्जरले एपबाट सामान खरिद गर्ने सेवाग्राहीलाई फेस मास्क तथा स्यानिटाइजर नि:शूल्क उपलब्ध गराउने भएको छ। रिचार्जरबाट सामान अर्डर गरेको १२ घण्टाभित्र काठमाडाैं उपत्यकामा सामान डेलिभरी हुने रिचार्जरले जनाएको छ।
‘कोरोना भाइरस (कोभिड- १९)को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्किन अनुरोध गरिरहेको छ। यो अवस्थाा हामीले सर्वसाधारणको आवश्यक्ता पूरा गराउनका लागि यस्तो अभियान चलाएका हौं,’ ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने।
बजारमा मास्क र स्यानिटाइजरको अभाव भइरहेका बेला रिचार्जरबाट विद्युतिय उपकरण खरिद गर्दा नि:शूल्क मास्क र स्यानिटाइजर वितरण गर्दा सेवाग्राहीलाई सहज हुने विश्वास रिचार्जरले लिएको छ। मोबाइल, टेलिभिजन, ल्यापटपलगायतका उपकरण खरिद गर्दा हरेक ग्राहले मास्क र स्यानिटाइजर नि:शूल्क पाउने कम्पनीले जनाएको छ।
साथै घरबाट बाहिर निस्किन नमिल्ने अवस्थालाई ध्यानमा राख्दै मोबाइलएपबाट नै रकम भुक्तानी तथा किस्ताबन्दीको आवश्यक प्रक्रिया पूरा गर्ने व्यवस्था मिलाइएको रिचार्जरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।