काठमाडौं–कोरोना भाइरसका बारेमा विभिन्न किसिमका अफवाह फैलाएको आरोपमा एकजना पक्राउ परेका छन्। अफवाह फैलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले जुम्लाको सिजा गाउँपालिका १ घर भई पोखरा महानरपालिका ३२ मा ३६ वर्षीय केशव आचार्यलाई पोखरामा पक्राउ गरेको हो ।
चार पाँच दिन अघिदेखि गरिब, अशिक्षित, सीमान्कृत मान्छेहरु जम्मा गरेर कोरोनोजस्तो भाइरसका बारेमा आफ्नो विज्ञता हुँदै नभइ सर्वसाधारणलाई भ्रम फैलाउने गरेको भन्ने गुनासो आएपछि उनलाई पक्राउ गरिएको कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
पछिल्लो समय जा कोरोना भाग भन्दै प्राथना गरेको र गराएको उनको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए। सो भिडियोमा प्राथना गरेकै आधारमा कोरोना ठिक हुने उनले दावी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।