काठमाडौं- बिमा समितिले निर्जीवन तथा जीवन बिमा कम्पनीहरुलाई बिमा शुल्क संकलन तथा बिमालेखको विषयमा बिमितलाई जानकारी गराउन निर्देशन दिएको छ।
नियमनकारी निकाय समितिले निर्जीवन बिमा कम्पनिहरुलाई बिमा अवधि सकिनुअघि नै बिमितलाई जानकारी गराउन निर्देशन दिएको छ।
यसैगरी जीवन बिमा कम्पनीहरुलाई हाल भुक्तानी गर्नुपर्ने बिमा शुल्कको किस्ता भुक्तानी गर्न नसकेका कारण बिमालेख व्यतित नहुने र बिमाशुल्क सबै सेवा सार्वजनिक भएको मितिले १५ दिनभित्र बुझाएमा किस्तामा ब्याज नलाग्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।
कोरोना भाइरसको जोखिम बढ्दै गएपछि समितिले कम्पनीहरुलाई यो निर्देशन दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।