काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका २ नेपालीमा कोरोनाको उपचार सफल भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको तर उनीहरूले स्वास्थ्य लाभ गरेको जानकारी दिएको हो।
युएईको स्वास्थ्य मन्त्रालयबाट संक्रमित २ जना नेपालीलाई स्वास्थ्यलाभ भएको जानकारी दिएको हो। यसअघि त्यहाँको स्वास्थ्य मन्त्रालयले नै २ नेपालीमा कोरोनाको संक्रमण देखिएको र उनीहरूको उपचार भइरहेको जानकारी दिएको थियो।
आबुधाबी स्वास्थ्य विभागकी सरुवा रोग नियन्त्रणसम्बन्धी महाशाखाकी प्रमुख डा फरिदा अल होसेनीले पत्रकार सम्मेलन आयोजना गरी २ नेपाली नागरिकसहित ३ जना व्यक्ति निको भएकी जानकारी दिएकी हुन्। यो समाचार द नेसनलले प्रकाशन गरेको छ। निको हुने अर्को एक जना भने इरानी नागरिक रहेकोसमेत फरिदाले जानकारी दिइन्। युएइमा कोरोना संक्रमित ४१ जनाले निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।