काठमाडौं- सरकारले यात्रु बोकेर नेपाल उडान गर्न नपाउने गरी प्रतिबन्ध लगाउँदा लगाउँदै इतिहाय एयरवेजले दुई जना यात्रु ल्याएको छ। इतिहाद एयरवेजले दुबईबाट डिर्पोट भएका दुई नेपाली ल्याएको समेत पुष्टि भएको छ।
यसरी आएका दुई नेपालीलाई अहिले खरिपाटी क्वारेन्टाइनमा पठाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक राजन पोखरेलले जानकारी दिए। साथै इतिहाद एयरवेजको विषयमा भने प्राधिकरणले छानबीन गरेर कारबाही गर्ने उनको तर्क छ।
जहाजमा यात्रु रहेको थाहा हुने बित्तिकै विमानस्थल टावरले डाइर्भट गर्ने निर्देशन दिँदा समेत पाइलटले मानेका थिएनन्। झन्डै २ घन्टाभन्दा बढी जहाज होल्डिङ गरेर पाइलटले इन्धन सकिएको भन्दै ल्यान्ड मागेको् विमानस्थल टावरको भनाइ छ। टावरले अन्तिम अवस्था आएपछि अवतरणका लागि समय दिएको हो,’ पोखरेलले भने, ‘यस विषय विस्तृतमा छानबिन हुन्छ।’
जहाज यात्रु लिएर काठमाडौंबाट आबुधाबी उडिसकेको छ। यसअघि सिल्क एयरले पनि शनिबार सरकारले प्रतिबन्ध लगाएको युरोपबाट ३ जना यात्रु ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।