काठमाडौं- सरकारले ११ गते बिहान ६ बजेबाट लागू हुने गरी एक साताका लागि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ। चैत १० गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको उच्च स्तरीय समितिले आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो।
अहिले आन्तरिक उडानमा दैनिक २ सय ५० को हाराहारीमा उडान तथा अवतरण भइरहेको छ। आन्तरिक उडानमा अहिले बुद्ध, यती, श्री, सिम्रिक,सौर्य, सिता, समित र तारा एयरले सेवा दिँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।