काठमाडौ- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउने भएका छन्। सभामुख सापकोटाले सरकारको कोष स्थापना गर्ने निर्णको स्वागत गर्दै आज कोषमा रकम जम्मा गर्ने बताएका हुन्।
संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखामार्फत् सो रकम कोषमा जम्मा हुने छ। सरकारले कोरोना (कोभिड १९)विरुद्ध लड्न पूर्व तयारीस्वरुप आइतबार केन्द्रीय राहत कोष खडा गरेको थियो।
यसैबीच, सभामुख सापकोटाले संघीय संसद सचिवालयमा तयार गरिएको आइसोलेसन वार्डको आज अनुगमन गरे। उनले सिंहदरबारस्थित संसद सचिवालयको १ नंबर भवनमा तयार गरिएको आइसोलेसन वार्डको अनुगमन गर्दै सबै खाले तयारीमा जुट्न सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिए।
कोरोना भाइरस संक्रमित भेटिए अस्पताल पुर्याउनुन अघि वार्डमा राख्ने व्यवस्था गरिएको संसद सचिवालयअन्तर्गतको स्वास्थ्य इकाइका डा. पुष्पराज रिजालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।