काठमाडाैं- नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रालिको सेलपे सेवाले रकम स्थानान्तरण निःशूल्क बनाएको छ। कोरोनाको जोखिम न्यूनीकरणका लागि भन्दै हालको स्थितिलाई ध्यानमा राखी भीडभाड कम गर्नका लागि सेलपेले स्थानान्तरणमा लाग्ने शूल्क नलिने घोषणा गरेको हो।
यो सुविधा कम्पनीले बैशाख १८ गतेसम्म लागू हुने जनाएको छ। हाल विश्वभर फैलिएकाे कोरोना भाइरसकाे संक्रमणबाट बच्नका लागि सरकारले २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएका कारण सेलपेले पनि ग्राहकहरुले सेलपे एप्पबाट आफ्नो घरमै बसी रकम स्थानान्तरण गर्ने व्यवस्था मिलएको छ।
यो सेवा प्रयोग गर्न सरल र सहज माध्यमबाट वास्तविक समयमा कुनै पनि सेलपेमा आबद्ध भएका बैंकहरुका ग्राहकलाई रकम स्थानान्तरण गर्दा कुनै पनि सेवामा थप शूल्क नलाग्ने व्यवस्था मिलाइएको जनाएको छ।
सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महसुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरमा थप शुल्क लाग्ने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।