काठमाडौं–नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले कोरोना कोषमा सबै सांसदको एक महिनाको तलब जम्मा गर्न आग्रह गरेका छन्।
सरकारले आइतबारबाट सुरु गरेकोे ‘कोरोना कोष’मा प्रत्येक सांसदको एक महिनाको तलब जम्मा गर्न सबै सांसदलाई अनुरोध गर्दै उनले भनेका छन्, ,‘जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ।’
सरकारले विपदको समयमा एकजना नागरिकलाई पनि अप्ठ्यारो नपार्ने गरि आश्वस्त पार्न पनि उनले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।