काठमाडौं- नेपाल धितोपत्र बोर्डले चैत १० गते सोमबारदेखि ५ दिनका लागि धितोपत्र कारोबार स्थगन गर्ने निर्णय गरेको छ।
बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जारी गरेको प्रेस विज्ञप्तीमा धितोपत्र ऐनको दफा ९० को उपदफा १ को खण्ड 'घ' बमोजिम धितोपत्र कारोबार स्थगन गर्ने निर्णय भएको उल्लेख छ।
यसअघि धितोपत्र कारोबार स्थगन गर्ने वा नगर्ने विषयमा बहस भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।