काठमाडौं- कोरोना भाइरस संक्रमण वा आशंका गरिएका व्यक्तिको उपचारमा खटिएका डाक्टरलाई सुरक्षा दिन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्दैशन दिएको छ। गृहले आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिएको हो।
आइसोलेसनमा बसेका बिरामी र उनीहरूका आफन्तले निजी अस्पताल र चिकित्सकलाई आइसोलेसनमा नराख्न तथा तत्काल घर फर्काउन दबाब दिने गरेको गुनासो आएपछि गृहले सो निर्देशन दिएको हो।
यस्तो अवस्थामा संक्रमितका परिवारबाट स्वास्थ्यकर्मीमाथि सुरक्षा खतरा हुने भन्दै गृहले स्वास्थ्यकर्मीको सुरक्षामा कुनै कसर बाँकी नराख्न भन्दै निर्देशन दिएको मन्त्रालय स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।