काठमाडौं–वैदेशिक रोजगार बोर्डले शव ढुवानीबाहेक सबै सेवा बन्द गरेको छ। 
कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि बोर्डले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरी शव ढुवानीमात्र गर्ने भएको हो। 
अर्को सूचना जारी नहुँदासम्मका लागि आर्थिक सहायतालगायत अन्य सेवा बन्द रहनेछन्।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।