काठमाडौं– डेढ महिनाअघि काठमाडौंबाट बेपत्ता भएका सोलुखुम्बुका युवराज घिमिरे अझै भेटिएका छैनन्।
सोलुखुम्बु घर भई काठमाडौं बस्दै आएका ३२ वर्षीय घिमिरे गत माघ २९ गते कोटेश्वरबाट बेपत्ता भएका थिए।
उनी हराएको भन्दै उनका काका मखनप्रसाद घिमिरेले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरीसमेत दिएका थिए । उजुरी दिएको समेत एक महिना नाघिसक्दा घिमिरे भेटिएका छैनन्। उनको खोजी भइरहे पनि नभेटिएको परिसर काठमाडौंले जनाएको छ।
उता परिवारले भने प्रहरीले खोजी गर्न आनाकानी गरेको आरोप लगाएकाे छ। ‘पत्रपत्रिकामा सूचना निकाल्नेदेखि प्रहरीमा उजुरीसमेत दियौं । तर प्रहरीले तदारुकता नदेखाउँदा अहिलेसम्म पत्ता लाग्न सकेको छैन’, उनका काका मखनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।