वीरगंज–कोरोना भाईरसको संक्रमण रोक्न जीपी कोईराला फाउण्डेशन पर्साले पर्साका विभिन्न स्थानमा सचेतना कार्यक्रम सञ्चालन गर्दै माक्स र सेनिटाइजर बाँडेको छ। वीरगञ्जको माइस्थान तथा घण्टाघर क्षेत्रका यात्रु तथा स्थानीय व्यापारीलाई फाउण्डेशनले मास्क र सेनिटाइजर वितरण गरेको हो।
कोरोना भाइरसबाट बँच्न मास्क प्रयोग गर्न र सामान खरिद, बिक्री गर्दा, पैसा लिँदा वा फिर्ता गर्दा सेनिटाइरजरको प्रयोग गर्न सचेत गराइएको संस्थाका सदस्य जितेन्द्र सिंहले बताए । र्कायक्रमलाई निरन्तरता दिदै फाउण्डेशन पर्साले सोमबार विहान वीरगञ्जका विभिन्न स्थानमा स्यानेटाईजर तथा मास्क वितरण गर्ने तयारी गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।