काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकले चैत २७ गते लिने भनिएको सहायक पदको अन्तर्वार्ता स्थगित गरेको छ।
कोरोना भाइरसको संक्रमणप्रति सतर्कता अपनाउने सरकारको निर्णयका कारण अन्तर्वार्ता रोकेको बैंकले जनाएको छ।
बैंकले विज्ञापन नं ६४/२०७५/७६ केन्द्रीय कार्यालय, बागमती प्रदेश र सो अन्तर्गतका कार्यालयको लागि ४ तह सहयक पदका लागि चैत १० गतेदेखि अन्तर्वार्ता लिने तालिका तय गरेको थियो।
नेपाल सरकारले अत्यावश्यक सेवा सुविधाबाहेक सम्पूर्ण सेवालाई बन्द गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।