काठमाडौं - नागरिक लगानी कोषले कार्यालयमा भिडभाड कम गर्न बाह्य कारोबार बन्द गर्ने भएको छ।
नेपाल सरकारले अत्यावश्यक सेवाबाहेकका अन्य सेवाहरु बन्द गरिकोले कार्यालयमा कागजी प्रकृयाको लागि नआउन अनुरोध गरिएको कोषका कार्यकारी निर्देशक रमण नेपालले जानकारि दिए।
कार्ड बनाउन तथा कागजी प्रकृयाका लागि मात्रै अफिसमा नआउन अनुरोध गरिएको नेपालले बताए। कर्जा सापटीको ब्याज तथा किस्ता बैंकबाटै भुक्तानी गर्न मिल्ने भएकाले बैंकमा बुझाएको रकमको भौचर बुझाउन नआए पनि केही फरक नपर्ने उनले जानकारी दिए।
अनलाइन र कनेक्ट आइपिएसबाट हुने कारोबारहरु यथावत् सञ्चालन रहने कोषले जनाएको छ। कसैलाई अत्यावश्यक कर्जा आवश्यक पर्ने भएकाले कर्जा सापटीको सेवा भने सञ्चालन भैरहेको छ।
ठूला ठूला कागजी काम अहिलेलाई स्थगित गरिएको र स-साना कर्जा सापटको लागि कोषमा आउदा हुने नेपालले जानकारी दिए। अर्को सूचना नआएसम्म विशेष सतर्कता अपनाइएको कोषले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।