काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गएको छ। सन् १९९५ देखि २००० सम्म रियल मड्रिड अध्यक्ष रहेका सान्ज ७६ वर्षका थिए।
ज्वरोको समस्या देखिएपछि अस्पताल गएका उनलाई कोरोना भाइरस संक्रमण भएको खुलेको थियो। उपचाररत रहँदै उनको ज्यान गएको हो।
कोरोना भाइरसको कारण खेल जगतमा असर थपिँदै गएको छ। लिग फुटबलदेखि सम्पूर्ण खेल गतिविधि ठप्प छन्। युरो कप, च्याम्पियन्स लिग जस्ता खेलहरु सरेका छन्। खेलाडीदेखि प्रशिक्षकसम्म सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।