काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। कोरोना भाइरसको बढ्दो जोखिमको समयमा प्रधानमन्त्रीले सम्बाेधनमार्फत् सरकारले गरिरहेको तयारीबारे जानकारी दिन लागेका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शुक्रबार बेलुका ६ बजे प्रधानमन्त्री ओलीले सम्बाेधन गर्नेछन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार देशवासीका नाममा सम्बाेधन गरेका थिए।
कोरोना प्रभावित मुलुकमा कार्यकारी प्रमुखहरुले दिनहुँ कोरोनाकाे प्रभाव र सरकारले गरेको कामकाे बारेमा जानकारी दिने गरेका छन्।
शुक्रबार नै नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटघाटपछि यस्तो निर्णय भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।