काठमाडौं- न्युजिल्यान्डका क्रिकेट खेलाडी एन्ड्रेव एलिसले खेल जीवनबाट सन्यास लिएका छन्।
३७ वर्षीय एन्ड्रेवले आफ्नो १८ वर्षे क्रिकेट यात्राबाट सन्यास लिएका हुन्। उनले फस्र्ट क्लास क्रिकेट करियर २००२ बाट थालेका थिए। सन् २०१२ मा राष्ट्रिय टिममा पर्दै एकदिवसीय क्रिकेट खेलमा डेब्यु गरेका उनले १५ एकदिवसीय र ५ टि–२० क्रिकेट खेल खेलेका छन्।
एन्ड्रेवले एक वर्ष मात्रै राष्ट्रिय टिमबाट खेल्ने मौका पाए। उनले अन्तिम पटक सन् २०१३ को नोभेम्बरमा श्रीलंकाविरुद्ध खेलेका थिए। श्रीलंकाविरुद्ध सिरिज खेलेपछि उनी टिम बाहिर रहँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।