काठमाडौं- कोरोनाको संक्रमण बढ्ने जोखिम रोक्न नेपाल प्रहरीले छनौट परिक्षा स्थगित गरेको छ। सबै प्रकारका परिक्षा रद्द गर्ने सरकारको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले बिहीबार प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको छनौट परिक्षा रद्द गरेको हो।
प्रधान कार्यालयले जनपद र प्राविधिकतर्फ नयाँ भर्नाका लागि भदौ ५ र माघमा सूचना निकालेको थियो। पदपूर्तीको सूचनाअनुसार अहिले छनौट परिक्षा चलिरहेको थियो। सरकारले बुधबार एसइईलगायतका सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेपछि त्रिभुवन विश्वविद्यालयलगायतका शैक्षिक निकायले परिक्षा रद्द गरेको थिए।
बिहीबार प्रधान कार्यालयले सूचना जारी गरी बिहीबारबाट छनौट परिक्षा स्थगित भएको जानकारी दिएको छ।
 
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।